किरावि पाँचथरले वृक्षरोपण गरि मनाए स्थापना दिवस - Purba Pati

किरावि पाँचथरले वृक्षरोपण गरि मनाए स्थापना दिवस

पाँचथर । किरात राई विद्यार्थी संघ जिल्ला कार्यसमिति पाँचथरले २३औ स्थापना दिवस भदौ १७ गते बिहिवार फिदिम ३ सर्पे डाडामा मनाएका छन ।

संघले स्थापना दिवसको अवसरमा साकेला थान परिसरमा बृक्षरोपण, बिरुवा गोरमेल तथा शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

सो कार्यक्रममा किरात राई विद्यार्थी संघका केन्द्रिय समितिको कोषाध्यक्ष रमला राई र किरात राई यायोखाका जिल्ला कार्य समितिका पूर्व अध्यक्ष तथा किरात राई विद्यार्थी संघको पाँचथरका सल्लाहकार सगुन सुसारा राई निवर्तमान अध्यक्ष अशोक राई र किरात राई विद्यार्थी संघ पुर्बी केन्द्रिय अनुसन्धान विभाग प्रमुख श्याम कुमार राईहरुको अगुवाईमा भएका थिए ।

किरात राई विद्यार्थी संघका अध्यक्ष सोभा राई, उपाध्यक्ष अबिसेक राई, सचीव राजन राई, सह-सचीव बिपराज राई, कोषाध्यक्ष सन्ध्या राई र सदस्यहरुको प्रमुख सक्रियामा कार्यक्रम सम्मपन्न गरेका हुन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर