सम्बन्धको भिडियो सार्वजनिक - Purba Pati

सम्बन्धको भिडियो सार्वजनिक

दमक, १३ भदौ ।


सञ्चारकर्मी देशराज नेम्बाङले निर्देशन गरेको म्युजिक भिडियो ‘सम्बन्ध’ सार्वजनिक भएको छ ।
समदर्शी टिभी युट्युब च्यानलबाट शनिबार सार्वजनिक भएको म्युजिक भिडियोमा सुरज जबेगु, मिना नेम्बाङ र शैलेश लिम्बूको अभिनय हेर्न सकिन्छ । निर्देशक नेम्बाङ आफैले छायाङ्कन गरेको यस म्युजिक भिडियोको सम्पादन सुरज जबेगुले गरेका हुन् ।
सुरज जबेगुको शब्द, संगीत र मिक्स एण्ड मास्टरिङमा तयार भएको गीत काव्य रेकर्डिङ स्टुडियो दमकमा रेकर्डिङ गरिएको हो । गीतमा मुनाल स्टुडियो टिमको स्वर रहेको छ ।
इलाम र झापाका विभिन्न ठाउँमा छायाङ्कन गरिएको भिडियोमा वैदेशिक रोजगारका कारण परिवारमा आएको सामाजिक विचलनको कथा प्रस्तुत गरिएको छ ।
समदर्शी टिभीको प्रस्तुती एवं मुनाल प्रोडक्सनको निर्माणमा बनेकोे भिडियो समदर्शी टिभी युटुव च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

भिडियो लिंक :

प्रतिक्रिया:

सम्बन्धित खवर