शुक्रबार थपिए ३ हजार ४२ कोरोना संक्रमित, २६ जनाको गयो ज्यान - Purba Pati

शुक्रबार थपिए ३ हजार ४२ कोरोना संक्रमित, २६ जनाको गयो ज्यान

दमक, ४ भदौ ।


शुक्रबार देशभर थप ३ हजार ४२ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ५ सय ३० पीसीआर परीक्षण गर्दा २ हजार ७९ र ७ हजार १ सय २४ नमूनाको एन्टिजेन परीक्षण गर्दा ९ सय ६३ जना गरी ३ हजार ४२ जनामा कोरोना संक्रमण देखिएको हो ।
शुक्रबार नै कोरोना संक्रमित २६ जनाको मृत्यु भएको मन्त्रालयको भनाइ छ । पछिल्लो २४ घण्टामा २ हजार २ सय ४४ जना कोरोना संक्रमित निको भएका बताइएको छ ।
नेपालमा कोरोना कोरोनबाट संक्रमित हुनेको संख्या ८ लाख २३ हजार ६ सय ४७ पुगेको मन्त्रालयले जनाएको छ । तीमध्ये ६ लाख ९३ हजार ५ सय ४३ जना निको भएका छन् भने १० हजार ४ सय ५५ जनाको मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार देशभर रहेका सक्रिय संक्रमितमध्ये ३६ हजार ९ सय २२ जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार ३ सय ८७ जना संस्थागत आइसोलेसनमा रहेका छन् । तीमध्ये ७ सय १४ जनाको आईसीयू र १ सय ७१ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर