शुक्रबार थपिए ३६ सय बढी कोरोना संक्रमित, २७ को गयो ज्यान - Purba Pati

शुक्रबार थपिए ३६ सय बढी कोरोना संक्रमित, २७ को गयो ज्यान

दमक, १५ साउन ।


शुक्रबार देशभर ३ हजार ६ सय ११ जनामा कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार नै कोरोनाबाट थप २७ जनाको मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार शुक्रबार १ हजार ८ सय १६ जनाले कोरोना जित्न सफल भएका छन् ।
शुक्रबार थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ९३ हजार १ सय ९ पुगेको छ । कोरोनाबाट ९ हजार ८ सय ३४ जनाले ज्यान गुमाइसेका का छन् भने कोरोना जित्ने कुल संख्या ६ लाख ५२ हजार २ सय ६१ रहेको छ ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३१ हजार १४ जना रहेका छन् । जसमध्ये २७ हजार ८ सय २० जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार १ सय ९४ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ६ सय ८६ जना आईसीयू र १ सय ६१ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

कुन जिल्लामा कति संक्रमित थपिए ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ५ सय ५६, कास्कीमा ३ सय ३३, झापामा २ सय ३६, ललितपुरमा १ सय ८७, सुनसरीमा १ सय ७० जना र मकवानपुरमा १ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएका छन् ।
मन्त्रालयका अनुसार चितवनमा ८२, भक्तपुरमा ७६, सुर्खेतमा ७१, नवलपरासी पुर्वमा ५८, रुपन्देहीमा ५७, मोरङमा ४२, गोरखामा ४०, नुवाकोटमा ३३, स्याङ्जामा २६ जनामा कोरोना संक्रमण देखिएको छ ।
त्यस्तै पाल्पा र कैलालीमा २४÷२४ जना, काभ्रेपलाञ्चोकमा २२, महोत्तरी र तनहुँमा १९÷१९ जना, धनकुटामा १७, अर्घाखाँची र जुम्लामा १६÷१६ जना, धादिङमा १४, रौतहट र बाँकेमा १३÷१३ जना, नवलपरासी पश्चिममा १२, इलाम र रामेछापमा ११÷११ जना तथा म्याग्दी, लमजुङ, गुल्मी र दाङमा १०÷१० जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर