साउन पहिलो हप्तादेखि कोरोना उकालो लाग्यो, बिहीबार ३३ बढी संक्रमित - Purba Pati

साउन पहिलो हप्तादेखि कोरोना उकालो लाग्यो, बिहीबार ३३ बढी संक्रमित

दमक, १४ साउन ।


साउन पहिलो हप्तादेखि लगातार बढिरहेको कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या बिहीबार पनि ३३ उकालो लागेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार देशभर ३ हजार ३ सय ६५ जना कोरोना संक्रमित थपिएका छन् । ९ हजार ५ सय ५५ पीसीआर परीक्षणमा २ हजार ३ सय ३५ जना र ४ हजार ६ सय ८७ एन्टिजेन परीक्षणमा १ हजार ३० जनामा संक्रमण थपिएको मन्त्रालयले जनाएको हो ।
कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा १६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । त्यस्तै बिहीबार १ हजार ३ सय ७३ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।
बिहीबार थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ९० हजार ३ सय ४२ पुगेको छ । तीमध्ये ९ हजार ८ सय ७ जनाको मृत्यु भएको छ भने ६ लाख ५० हजार ४ सय ४५ जना निको भएका छन् ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३० हजार ३९० जना रहेका छन् । जसमध्ये २७ हजार ३ सय ५५ जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार ३५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ६ सय ३६ जना आईसीयू र १ सय ६० जना भेन्टिलेटरमा उपचाररत् छन् ।

कुन जिल्लामा कति संक्रमित थपिए ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार काठमाडौं उपत्यकामा ५ सय ९७, झापामा २ सय ७२, कास्कीमा २ सय ४८, सुनसरीमा १७०, ललितपुरमा १ सय ५५ र भक्तपुरमा १ सय ८ जना कोरोना संक्रमित थपिएका छन् ।
त्यस्तै चितवनमा ९६, मोरङमा ७२, मकवानपुरमा ६६, नवलपरासी पुर्वमा ५६, नुवाकोट र तनहुँमा ४५/४५ र रुपन्देहीमा ३४ जना कोरोना संक्रमित थपिएका छन् ।
गोरखामा ३१, कैलालीमा २७, दाङमा २६, बागलुङमा २०, सुर्खेतमा १७, धनकुटामा १५, पाल्पामा १४, जुम्लामा १३, सिन्धुपाल्चोकमा १२, सिन्धुलीमा ११ तथा सर्लाही, काभ्रेपलाञ्चोक र अर्घाखाँचीमा १०/१० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर