सत्ता गठबन्धनका तीन दलले मन्त्रीमा गरे भागबण्डा - Purba Pati

सत्ता गठबन्धनका तीन दलले मन्त्रीमा गरे भागबण्डा

काङ्ग्रेस ८, माओवादी र जसपाले पाउँदै ७–७ मन्त्री

 

दमक, १४ साउन ।

सत्तारुढ गठबन्धनले मन्त्रालय बाँडफाँडमा दलीय भागबण्डा टुङ्ग्याएको छ । बिहीबार बसेको सत्ता गठबन्धनको बैठकले काङ्ग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी, नेपाल (जसपा)बीच मन्त्रालय भागबण्डा टुङ्ग्याएको हो ।
सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको छलफलमा एमाले वरिष्ठ नेता माधव नेपाल पक्षविनै मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति भए अनुसार तीन दलले क्रमशः ८ र ७/७ मन्त्रालय पाउने गरी भागबण्डा सकिएको हो । यद्यपि यो नै अन्तिम खाका भने होइन ।
छलफलमा नेपाल पक्षलाई सरकारी तथा संवैधानिक नियुक्तिमा अधिकतम अवसर दिने सहमति भएको बताइएको छ ।
२२ मन्त्रालय र थप तीन राज्यमन्त्री गरी २५ सदस्यीय मन्त्रिपरिषद् बन्ने लग्भग पक्का भएको हो । मन्त्रालयको संख्या बारे सैद्धान्तिक सहमति भइसके पनि अब कुन मन्त्रालय कसले पाउने भन्ने विषयमा छलफल अघि बढेको सत्तारुढ गठबन्धन स्रोतको भनाइ छ ।
स्रोतका अनुसार तीन राज्य मन्त्री पनि तीन दलले १/१ का दराज्यमन्त्रीमा कसलाई कति भन्ने टुंगो लाले लिने सम्भावना छ ।
बिहीबार बिहानको बैठकपछि दिउँसो काङ्ग्रेसको पदाधिकारी बैठक र जसपाको जारी कार्यकारिणी बैठक बसेको छ । दलहरु तीव्र आन्तरिक छलफलमा रहेकाले एकदुई दिनभित्रैमा मन्त्रिपरिषद् विस्तार हुने अनुमान गरिएको छ ।
यसअघि काङ्ग्रेस र माओवादीले दुई दुई मन्त्रालय लिइसकेका छन् भने स्वास्थ्य राज्यमन्त्रीमा प्रधानमन्त्री शेरबहादुर देउवाले शैक्षिक व्यवसायी उमेश श्रेष्ठलाई जिम्मेवारी दिइसकेका छन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर