बुधबार थपिए २८ सय बढी कोरोना संक्रमित, ३० जनाको ज्यान गयो - Purba Pati

बुधबार थपिए २८ सय बढी कोरोना संक्रमित, ३० जनाको ज्यान गयो

दमक, ६ साउन ।


बुधबार देशभर २ हजार ८ सय ३८ जना कोरोना भाइरसका बिरामी थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ६ सय १६ जनामा गरिएको परीक्षणबाट गर्दा २ हजार ८ सय ३८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो ।
बुधबार थप १ हजार ४ सय १५ जनाले कोरोना जितेको मन्त्रालयले जनाएको छ । त्यस्तै थप ३० जनाको कोरोका कारण मृत्यु भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।
हाल देशभर संक्रमणबाट ९ हजार ६ सय ३७ जनाको मृत्यु भइसकेको छ भने कुल संक्रमितमध्ये ६ लाख ३६ हजार ४ सय २ जना निको भएका छन् ।
हालसम्म देशभर कोरोना संक्रमितको कुल संख्या ७ लाख २४ हजार ४ सय ५५ जना पुगेको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर