नाइजेरियामा १ सय बढी महिला र बालबालिका मुक्त - Purba Pati

नाइजेरियामा १ सय बढी महिला र बालबालिका मुक्त

दमक, ६ साउन ।


नाइजेरियाका सरकारी अधिकारीहरुले १ सय भन्दा बढी संख्यामा महिला र बालबालिकाहरुलाई डाका समूहको कब्जाबाट छुटाएको बताएका छन् ।
उत्तरी–पश्चिम नाइजेरियाका अधिकारीहरुका अनुसार ती महिला र बालबालिका गत ८ जुनमा नाइजेरियाको जम्फरा राज्यबाट अपहरणमा परेका थिए भने चार जना मारिएका थिए ।
जम्फरा राज्य सरकारले बताए अनुसार उनीहरुलाई मुक्त गराउन कुनै फिरौती रकम दिइएन । तर, घटना बारे नाइजेरियाली अधिकारीहरुले थप जानकारी नदिएको अन्तरर्राष्ट्रिय समाचार संस्था बिबिसीले भनेको छ ।
घर फर्कनअघि उनीहरुको स्वास्थ्य परीक्षण गरिने अधिकारीहरुले जनाएका छन् ।
नाइजेरियमा २०२० को डिसेम्बर यता अपहरणका थुप्रै घटना भएका र १ हजार भन्दा बढी मानिस अपहरणमा परेका त्यहाँका अधिकारीले जनाएका छन् ।
ती मध्ये अधिकांश फिरौती रकम तिरेर अपहरण मुक्त भएका र केही मानिस मारिएको बताइन्छ ।

एजेन्सीको सहयोगमा ।

प्रतिक्रिया:

सम्बन्धित खवर