कक्षा १२ को परीक्षा साउन ३१ देखि - Purba Pati

कक्षा १२ को परीक्षा साउन ३१ देखि

दमक, ५ साउन ।


कक्षा १२ को परीक्षा यहि साउन ३१ गतेदेखि हुने पक्का भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डको मंगलबार बसेको बैठकले कक्षा १२ को परीक्षाको मिति तय गरी सार्वजनिक गरेको हो ।
बोर्ड बैठकले विद्यार्थीलाई भौतिक उपस्थिति गराएर नै परीक्षा लिने निर्णय गरेको हो ।
परीक्षा विद्यार्थीहरू पढेकै विद्यालय (होम सेन्टर) मा हुने बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले सञ्चारकर्मीहरुलाई जानकारी दिएका छन् ।
अध्यक्ष पौडेलले भने –‘साउन ३१ गतेदेखि परीक्षा लिने बोर्डले निर्णय गरेको छ ।’ उनले १०० पूर्णांककै लिखित परीक्षा लिने निर्णय भएको जनाएका छन् । परीक्षा भदौ ९ गतेसम्म चल्नेछ ।
कोरोना भाइरस महामारीका कारण कक्षा १२ को परीक्षा यसअघि रोकिएको थियो । जेठ अन्तिम सातादेखि गर्ने तय भएको परीक्षा दुई महिनापछि लिन लागिएको हो ।
कक्षा १२ मा परीक्षाका लागि झन्डै चार लाख विद्यार्थीले परीक्षा फारम भरेका थिए ।

प्रतिक्रिया:

सम्बन्धित खवर