कोरोना संक्रमित संख्या फेरि बढ्न थाल्यो, मंगलबार २५ जनाको मृत्यु - Purba Pati

कोरोना संक्रमित संख्या फेरि बढ्न थाल्यो, मंगलबार २५ जनाको मृत्यु

दमक, ५ साउन ।


नेपालमा केही दिनयता कोरोना संक्रमितको संख्या फेरि वृद्धि हुन थालेको छ । मंगलबार ३ हजार १ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कोरोना संक्रमण दर उकालो लाग्न थालेको हो ।
मंगलबार नै १ हजार ५ सय ९५ जना कोरोना संक्रमणमुक्त भएका छन् । तर बिगतमा संक्रमित हुने भन्दा निको हुनेको संख्या अधिक रहेकोमा अहिले ठीक उल्टो हुन थालेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्कले देखाउँछ ।
मन्त्रालयका अनुसार मंगलबार २५ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् ।
देशभर कोरोना संक्रमितको कुल संख्या एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ५० हजार ६ सय ६४ जना पुगेको छ भने पीसीआर विधिबाट गरिएको परीक्षणमा ६ लाख ७० हजार ९ सय ५३ पुगेको मन्त्रालयको भनाइ छ ।
यस्तै हालसम्म संक्रमितमध्ये ६ लाख ३४ हजार ९ सय २७ जना संक्रमणमुक्त हुँदा ९ हजार ६ सय ७ जनाको मृत्यु भएको छ ।
हालसम्म कोरोना निको हुने दर ९४.६ प्रतिशत रहेको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर