इराकमा आइएसको बक आक्रमणमा ३५ जना मारिए - Purba Pati

इराकमा आइएसको बक आक्रमणमा ३५ जना मारिए

दमक, ५ साउन ।


इराकको राजधानी बगदादमा भएको एक आत्माघाती बम विस्फोटमा परि कम्तिमा ३५ जनाको ज्यान गएको छ ।
मुस्लिम धर्मालम्वीहरूको चाड इदका लागि मानिसहरूले किनमेल गरिरहेको एक व्यस्त बजारमा आत्मघाती बिस्फोट गराइएको थियो ।
सोमबार भएको बम बिस्फोटमा परी दर्जनौं मानिसहरू घाइते भएका बिबिसी लगायत अन्तर्राष्ट्रिय सञ्चार संस्थाहरुले पुष्टि गरेका छन् ।
अलजजिरा टेलिभिजनले बिस्फोटमा परेका इदका लागि सामान किन्न गएका मानिसहरूको शव बजारमा छरपस्ट भएका थिए । मृत्यु हुने धेरैजसो महिला र बालबालिका थिए ।
‘इराकमा पछिल्ला ६ महिनामा भएको यो सबैभन्दा ठूलो बिस्फोट हो’, बिबिसीले भनेको छ ।
आतंकवादी समूह आइएसले बिस्फोटको जिम्मा लिएको छ । उसले डिभाइस जडान गरेर बिस्फोट गरिएको र बिस्फोटमा आफ्ना एक सदस्यले पनि ज्यान गुमाएको उल्लेख गरेको छ ।
इराक सरकारले सन् २०१७ मा सुन्नी मुस्लिम जिहादी समूहमाथि जित हासिल गरेको घोषणा गरेको थियो। तैपनि स–साना समूहहरू देशका विभिन्न भागमा सक्रिय थिए ।
आइसले गत जनवरीमा ३२ जनाको ज्यान जाने गरी गरिएको आक्रमणको पनि जिम्मा लिएको रोयटर्सले जनाएको छ ।
उक्त घटना राजधानी बगदादमा पछिल्लो तीन वर्षमा भएको सबैभन्दा घातक बम आक्रमणको घटना थियो ।
एजेन्सीहरुको सहयोगमा ।

प्रतिक्रिया:

सम्बन्धित खवर