जसपा नेपालका १९ सांसदले गरे देउवाका पक्षमा मतदान गर्ने निर्णय - Purba Pati

जसपा नेपालका १९ सांसदले गरे देउवाका पक्षमा मतदान गर्ने निर्णय

दमक, ३ साउन ।


जनता समाजवादी पार्टी नेपाल (जसपा)को आइतबार सम्पन्न संसदीय दलको बैठकले शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेको छ ।
जसपा संसदीय दलका जेष्ठ सदस्य महेन्द्र राय यादवको अध्यक्षतामा सम्पन्न बैठकले सर्वसम्मत निर्णय गर्दै देउवा नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय गरेको हो ।
जसपाको आइतबार सम्पन्न संसदीय दलको बैठकमा १९ जना सांसदले हस्ताक्षर गरेका छन् । पछिल्लो बैठकमा सांसदहरुको उपस्थिति हेर्दा जसपाबाट निष्कासित महन्ठ ठाकुर समूह पार्टीको कार्यकारिणी समितिमा जस्तै संसदीय दलमा पनि पत्तासाफ भएका छन् ।
यसअघि संसदीय दलमा २० सदस्य रहेका र आफू बहुमतमा छु भन्दै ठाकुरले विज्ञप्तिवाजी गर्दै आएका थिए । त्यति मात्रै नभएर ठाकुर समूहले प्रतिगामी केपी शर्मा ओलीको सरकार ठिकाउन रक्षा कवजको भूमिकासमेत खेलेका थिए ।
ओलीले दोस्रो पटक संसद् बिघटन गरेपछि पनि ठाकुर समूहका ११ जना प्रतिगामी ओली सरकारमा मन्त्री भएका थिए । तर सर्वोच्च अदालतले १९ दिनमै राजेन्द्र महतो लगायत मन्त्रीहरुलाई पदमुक्त गरेको थियो ।

जनता समाजवादी पार्टी नेपालको संसदीय दलको बैठकमा देउवाको पक्षमा मतदान गर्ने निर्णयमा सहभागी सांसदहरुको नामावली :

महेन्द्र राय यादव
डा. बाबुराम भट्टराई
उपेन्द्र यादव
राजेन्द्रप्रसाद श्रेष्ठ
रेणुकुमारी यादव
मृगेन्द्रकुमार सिंह यादव
अमृता अग्रहरी
सामसहाय प्रसाद यादव
मोहम्मद इश्तियाक राई
प्रदीप यादव
डा. सुरेन्द्र कुमार यादव
डा. सूर्यनारायण यादव
लीलादेवी सिटौला
नरमाया ढकाल
रानी मण्डल
रेणुका गुरुङ
प्रमोद साह

प्रतिक्रिया:

सम्बन्धित खवर