भीम रावलले दिए सांसद पदबाट राजिनामा - Purba Pati

भीम रावलले दिए सांसद पदबाट राजिनामा

दमक, ३ साउन ।


नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधि सभा सदस्य (सांसद)बाट राजीनामा दिएका छन् ।
२०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा अछामबाट प्रत्यक्ष निर्वाचित नेता रावलले अनैतिक राजनीतिक खेलमा आफू सहभागी नहुने भन्दै राजीनामा दिएको बताएका छन् ।
सिंहदरबारस्थित संसद सचिवालयबाट रावलले भने –‘म यो अनैतिक राजनीतिको खेलबाट अलग हुनलाई राजीनमा दर्ता गर्न आएको छु । म राजीनामा दिन्छु ।’
नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदलमा माधवकुमार नेपाल पक्षबाट संयोजक रहेका रावलले आइतबारको संसद् बैठकमा शेरबहादुर देउवालाई विश्वासको मत दिनुअघि पदबाटै राजीनामा दिएका हुन् ।
रावलले राजीनामा गर्दै आफूले राजनीतिको दुषित खेलबाट अलग भएको जिकिर गरेका छन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर