राजदूतकी छोरी आक्रमणमा परेको बारे अफगानिस्तानको आपत्ति - Purba Pati

राजदूतकी छोरी आक्रमणमा परेको बारे अफगानिस्तानको आपत्ति

एजेन्सीको सहयोगमा ।


पाकिस्तानका लागि अफगानी राजदूतकी छोरीलाई हमलाकारीले अपहरण गरेर घाइते बनाइदिएको बारे अफगानिस्तानले आपत्ति जनाएको छ ।
पाकिस्तानको राजधानी इस्लामावादमा राजदूत नजिब अलिखिलकी छोरी सिलसिला अलिखिल शुक्रवार केही घण्टा अपहरणकारीको कब्जामा परेकी थिइन् ।
अफगानिस्तानका पूर्वराष्ट्रपति हमिद कार्जाइ ट्वीटमार्फत घटना दुखद् र निन्दनीय भएको उल्लेख गरेका छन् । उनले पाकिस्तान सरकारसँग घटनाको छानबिनको मागसमेत गरेका छन् ।


अन्तर्राष्ट्रिय समाचार संस्था बिबिसीले जनाए अनुसार अफगानिस्तानको विदेश मन्त्रालयले भनेको छ राजदूतकी छोरीलाई ‘चरम यातना’ दिइएको थियो र उसले त्यसबारे असन्तुष्टी दायर गर्नेछ । दुई देशबीचको सम्बन्ध लामो समयदेखि तनावयुक्त छ ।
राजदूत नजिब अलिखिलले ‘अमानवीय आक्रमण’को भत्सर्ना गर्दै अहिले उनकी छोरीको अवस्था ठीक हुँदै गएको बताएका छन् ।
पाकिस्तानी अधिकारीहरूका अनुसार २० वर्षीया अलिखिललाई उनी यात्रा गरिरहेकै कारमा प्रवेश गरेर आक्रमणकारीले पीटपाट गरेका थिए । अपहरणमुक्त भएपछि उनको एउटा अस्पतालमा उपचार गरिएको थियो ।
अफगानी विदेश मन्त्रालयले आफ्नो ‘गम्भीर चिन्ता’ व्यक्त गर्दै पाकिस्तानलाई कुटनीतिज्ञ र उनका परिवारको सुरक्षा सुनिश्चित गर्न भनेको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर