जसपाको आधिकारिकता बारे आजबाट निर्वाचन आयोगको इजलासमा वहस - Purba Pati

जसपाको आधिकारिकता बारे आजबाट निर्वाचन आयोगको इजलासमा वहस

दमक, ३ साउन ।


जनता समाजवादी पार्टी नेपाल (जसपा)को आधिकारिता विवाद सुल्झाउन निर्वाचन आयोगले गठन गरेको इजलास आज (आइतबार) बस्दै छ ।
आज बिहान ११ बजे बस्ने इजालसमा जसपाको आधिकारिकता बारे बहस सुरु हुने बताइएको छ । जसपाबाट निष्कासित महन्थ ठाकुरलगायत समूहले आयोगसमक्ष आफूहरुलाई जसपाबाट अलग गरिदिन माग गर्दै निवेदन दिएपछि दलको आधिकारिकता बारे जसपाले पनि आयोगमा आधिकारिकता दावी गर्दै निवेदन दिएको थियो ।
आइतबारबाट सुरु वहस सकिएपछि आयोगले आधिकारिकता सम्बन्धी विवादमा निर्णय गर्ने छ ।

निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार आयोगको निर्णय आउने समय बहस कति लामो चल्छ भन्ने कुरामा भर्नेछ । जसपाको आधिकारिकता सम्बन्धी विवाद निरुपणका लागि गत असार २३ गते प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको नेतृत्वमा पाँच सदस्यीय इजलास गठन गरिएको थियो । यो इजलासले जसपाको नाम र निर्वाचन चिह्न कुन पक्षले पाउने भन्ने निर्णय लिने छ । त्यसैले आयोगले लिने निर्णयलाई चासोका साथ हेरिएको छ ।
आयोगलाई आफ्नो बहुमत रहेको देखाउन आज सशरीर निर्वाचन आयोगमा उपस्थित हुने जसपाले जनाएको छ ।
जसपाबाट निष्कासित ठाकुर समूहले किर्ते गरी पेश गरेको कार्यकारिणी समितिको नामावली यसअघि नै निर्वाचन आयोगले खारेज गरिसकेको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर