ठाकुर पक्षमा रहेका पाँच जना सांसद फर्किए जसपामा - Purba Pati

ठाकुर पक्षमा रहेका पाँच जना सांसद फर्किए जसपामा

दमक, २ साउन ।


जनता समाजवादी पार्टी नेपाल (जसपा)बाट निलम्वित महन्थ ठाकुर समूहमा रहेका पाँच जना सांसद शनिबार मूल पार्टीमै फर्किएका छन् ।
सांसदहरु प्रमोद साह, अमृता अग्रहरी, नरमाया ढकाल, रानी मण्डल र रूही नाथ शनिबार जसपाको संसदीय दलको बैठकमा सहभागी भएसँगै उनीहरु मूल पार्टीमा फर्किएको पुष्टि भएको हो ।
ठाकुर पक्षमा लागेका उनीहरू मूल पार्टीमा फर्किएको जसपा केन्द्रीय कार्यालयले पुष्टि गरेको हो । यससँगै अब जसपाका सांसद संख्या १७ पुगेको छ । समाचार स्रोतका अनुसार थप दुई सांसद पनि मूल पार्टीमै फर्कने तय भएको छ । तर उनीहरु राजधानी बाहिर भएकाले शनिबारको बैठकमा सहभागी हुन नसकेका बताइएको छ ।
जसपामा फर्किएका सांसद प्रमोद साह सर्लाहीबाट निर्वाचित प्रतिनिधिसभा सांसद हुन् भने अन्य समानुपातिक सांसद हुन् । साह यसअघि पनि संसद विघटनको विपक्षमा उभिएका थिए । उनी महन्थ ठाकुरले बोलाएको बैठकमा उपस्थित थिएनन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर