अ‍ेमेरिकाले दिने भने १५ लाख डोज खोप निःशुल्क - Purba Pati

अ‍ेमेरिकाले दिने भने १५ लाख डोज खोप निःशुल्क

दमक, २५ असार ।


नेपाललाई अमेरिकी सरकारले निःशुल्क १५ लाख डोज कोरोना विरुद्धको खोप उपलब्ध गराउने भएको छ ।
नेपाललाई अमेरिकी सरकारको तर्फबाट जोन्सन एन्ड जोन्सन खोप उपलब्ध हुन लागेको हो ।
सो बारे जानकारी दिँदै नेपालका लागि अमेरिकी राजदूत ¥याण्डी बेरीले शुक्रबार राति ट्वीट गरेका छन् ।
राजदूत बेरीले ट्वीटमार्फत भनेका छन् –‘आउँदो केही दिनमै अमेरिकाले १५ लाख भन्दा बढी नेपालीलाई पुग्नेगरी कोभिड १९ खोप निःशुल्क उपलब्ध गराउँदैछ । नेपाल–अमेरिका साझेदारीको ७३ वर्ष लामो यात्रामा यो मेरो लागि अत्यन्तै खुशीको क्षण हो । अमेरिका सदैव नेपालीहरुको साथमा छ र नेपालीको जीवनसतर सुधारमा निरन्तर काम गरिरहनेछ ।’


यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाललाई खोप सहयोगको लागि अमेरिकी राष्ट्रपति जो बाइडेनलाई पत्र समेत लेखेकी थिइन् । तर एक महिना कटिसक्दा पनि अमेरिकी राष्ट्रपति बाइडेनको तर्फबाट नेपालले कुनै जवाफ प्राप्त नगरेको बताइन्छ ।
त्यस्तै स्वास्थ्य मन्त्रालयले पनि अमेरिकी सरकारलाई यसअघि ५० लाख जोन्सन एन्ड जोन्सन खोप खरिदको लागि पत्र लेखेको थियो । तर, खोप खरिदको काम भने अघि बढ्न सकेको छैन ।
अमेरिकाले यसअघि नेपालसहित विश्वका विभिन्न मुलुकलाई गत महिनाभित्रै खोप सहयोग गर्ने वाचा गरेको थियो ।

प्रतिक्रिया:

सम्बन्धित खवर