कोरोनाबाट मर्नेको संख्या ८६ सय नाघ्यो, निको हुने दर ८९ प्रतिशत - Purba Pati

कोरोनाबाट मर्नेको संख्या ८६ सय नाघ्यो, निको हुने दर ८९ प्रतिशत

दमक, ४ असार ।


शुक्रबार देशभर थप ४४ जनाको मृत्यु भएसँगै नेपालमा हालसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ८ हजार ६ सय ४१ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको दर १. ६ प्रतिशत छ भने कुल संक्रमितमध्ये निको हुनेको दर ८९ प्रतिशत रहेको छ ।
शुक्रबार ४ हजार २० जनाले कोरोना जितेसँगै कुल ५ लाख ४९ हजार ६ सय ८२ जना उपचारपछि निको भएका छन् ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २ हजार ७ सय ६८ जनामा कोरोना संक्रमण थपिएसँगै संक्रमितको कुल संख्या ६ लाख ४२ हजार ८ सय ८ पुगेको छ ।
हालसम्म देशभर ३२ लाख ५५ हजार ५ सय ७९ जनाको पिसिआर तथा १ लाख ३३ हजार ६ सय २७ जनाको एन्टिजेन विधिबाट परीक्षण भएको मन्त्रालयको तथ्याङ्कले बताउँछ ।

प्रतिक्रिया:

सम्बन्धित खवर