गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेललाई विश्वासको मत - Purba Pati

गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेललाई विश्वासको मत

पक्षमा ३१, विपक्षमा २७

दमक, ४ असार ।


गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले शुक्रबार प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन् ।
प्रदेश सभामा शुक्रवार भएको मत विभाजनमा पोखरेलको पक्षमा ३१ सांसदले समर्थन गरेका थिए । उनको पक्षमा आफ्नै दल नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय जनमोर्चा र स्वतन्त्र सांसद दीपक मनाङेले मतदान गरेका थिए ।
मुख्यमन्त्रीलाई विश्वासको मतको विपक्षमा प्रतिपक्षी नेकपा एमालेका २७ जना सांसदले मतदान गरेका थिए ।
मतदानअघि संसद्मा बोल्दै मुख्यमन्त्री पोखरेलले प्रदेश सभाको स्थायित्वका लागि गठबन्धन सरकारलाई विश्वासको मत दिन आग्रह गरेका थिए ।
निवर्तमान मुख्यमन्त्री एवम् एमाले संसदीय दलका नेता पृथ्वी सुब्बा गुरुङले व्यक्तिगत रूपमा पोखरेलको क्षमतालाई सम्मान गर्ने तर अपवित्र गठबन्धनलाई मतदान नगर्ने भनेका थिए ।
गण्डकी प्रदेश सभामा हाल ५९ सांसद छन् । बहुमतका लागि ३० सांसदको समर्थन आवस्यक पर्छ ।
प्रदेश प्रमुख सीता पौडेलले कांग्रेस संसदीय दलका नेता पोखरेललाई जेठ २९ गते मुख्यमन्त्री नियुक्त गरेकी थिइन् । नियुक्तिको एक महिना भित्र प्रदेश सभामा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यबस्था छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर