पार्टीको आधिकारिकता दावी गर्न जसपा पुनः निर्वाचन आयोगमा - Purba Pati

पार्टीको आधिकारिकता दावी गर्न जसपा पुनः निर्वाचन आयोगमा

दमक, ४ असार ।


जनता समाजवादी पार्टी नेपाल (जसपा)ले शुक्रबार निर्वाचन आयोगसमक्ष पार्टीको आधिकारिकता दावी गरेको छ ।
पार्टीको बिहीबार सम्पन्न केन्द्रीय कार्यकारिणी समितिको बैठकको निर्णय अनुसार जसपाका शीर्ष नेताहरु पार्टीको आधिकारिकता दावी गर्न आयोग पुगेका हुन् ।
आधिकारिताका सम्बन्धी पत्र लिएर जसपा अध्यक्ष उपेन्द्र यादव, वरिष्ठ नेता अशोक राई, राजेन्द्र श्रेष्ठलगायत नेताहरु निर्वाचन आयोग गएका थिए ।
यसअघि जसपाले गत जेठ १८ गते पार्टी पदाधिकारीहरुको विवरण हेरफेर गरी अध्यावधिक गरिदिन निवेदन दिएकोमा सो मागलाई निर्वाचना आयोगले अध्यावधि गर्न मिलेन भनी जेठ अन्तिममा जवाफ पठाएको थियो ।
शुक्रबार आयोगमा जसपाले दर्ता गरेको निवदेनमा भनिएको छ –‘नेपालको संविधान, राजनीतिक दल सम्बन्धि ऐन २०७३, राजनीतिक दल सम्बन्धि नियमावली २०७४, दलको विधान २०७७ (सं.स) समेतको अनुकूल सञ्चालन गर्न गराउन आवश्यक भएकोले राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ४३ को (ग) बमोजिम आधिकारिताको लागि दफा ४४ (१) बमोजिमको आधिकारिक निर्णय आवश्यक भएकोले दफा ४४ उपदफा (२)(३)(५)(६)(७), दफा ४५, ४६(१)(२) बमोजिम सम्पूर्ण पक्रिया पूरा गरी आधिकारिकताको लागि जनता समाजवादी पार्टी, नेपालको कार्यकारिणी समितिको मिति २०७८।३।३ को निर्णय बमोजिम लिखित दावी पेश गरेका छौं ।
जसपाले पार्टीको आधिकारिकता दावी बारेको पत्रमा अर्को पक्ष भनिएको महन्थ ठाकुरले पार्टीलाई विभाजनको तहसम्मको एकपक्षीय रूपमा गुट उपगुट बनाइ विधान विपरित गतिविधि गरेको उल्लेख छ ।
पत्रमा नेता ठाकुर पार्टीको जेठ ७, ८, १७ गते र असार ३ गतेको बैठकमा अनुपस्थित रहेको, फरक सूचनाबाट बैठक स्थगित गर्ने गरी पार्टीको दैनिक कार्यदेखि आन्तरिक जीवन, राजनीतिक जीवन ठप्प पारि दलको गतिविधिमा दुरगामी प्रभाव र क्षतिहुने गरी गतिविधि गरेको जनाएको छ ।
दल दर्ता हुँदा बखतको विवदरहीत दलको बहुमत केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरु आफूहरुसँगै रहेको भन्दै जसपाले विवाद उत्पन्न अघिको दलको हैसियतको मान्यता दिन दल÷पार्टीको आधिकारिताको लागि लिखित दावी पेश गरिएको पत्रमा उल्लेख छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर