बिहीबार २६ सय बढी संक्रमित, कोरोनाबाट मर्नेको संख्या ८५ सय ९७ - Purba Pati

बिहीबार २६ सय बढी संक्रमित, कोरोनाबाट मर्नेको संख्या ८५ सय ९७

दमक, ३ असार ।


बिहीबार नेपालमा थप २ हजार ६ सय ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार २ हजार १४१ जना निको भएका र पछिल्लो २४ घण्टामा कोरोनाका कारण थप ३९ जनाको मृत्यु भएको छ ।
यससँगै देशभर कोरोना संक्रमितको संख्या ६ लाख १५ हजार ९ सय ८४ (पीसीआर) र २४ हजार ५६ (एन्टिजेन विधिबाट) पुगेको छ ।
हालसम्म ४ लाख ४५ हजार बढी संक्रमण मुक्त भएका छन् भने मृतकको कुल संख्या ८ हजार ५ सय ९७ पुगेको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर