कोभिड १९ भाइरस चिनियाँ ल्याबबाट लिक भएको होइन : बेलायती प्रधानमन्त्री - Purba Pati

कोभिड १९ भाइरस चिनियाँ ल्याबबाट लिक भएको होइन : बेलायती प्रधानमन्त्री

एजेन्सीको सहयोगमा ।


कोभिड १९ को भाइरस चीनको ल्याबबाट लिक भएजस्तो आफूलाई नलागेको बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले प्रतिक्रिया दिएका छन् ।
बेलायतका प्रधानमन्त्री जोन्सनले ग्रुप अफ सेभेन (जि ७) को पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने क्रममा यस्तो प्रतिक्रिया दिएका हुन् । जोन्सोनको भनाइ पुष्टि गर्दै चिनियाँ सरकारी सञ्चार माध्यम सिन्ह्वाले यस्तो जनाएको हो ।
उनले सो पत्रकार सम्मेलनमा भनेका थिए– ‘सुरुमा चीनको वुहान शहरको एक ल्याबबाट कोरोना भाइरसको किटाणु लिग भएर निस्किएको भन्ने सुनिएको थियो, तर अहिले आएर हेर्दा त्यो हो जस्तो लाग्दैन ।’
सन् २०१९ को डिसेम्बरको अन्त्यतिर आएको एक समाचारमा कोभिड १९ को किटाणु उक्त ल्याबबाट निस्किएको भनिएको थियो । विशेष गरेर अमेरिकाले यो कुरालाई जोडतोडले प्रचार गरेको थियो ।तर चीनले भने यसलाई अमेरिकी आरोप मात्रै भनेको थियो ।
विश्व स्वास्थ्य संगठनले पनि चीनमा पुगेरै यस विषयमा अनुसन्धान गरेको थियो । उता केही समय अघि बेलायतका विदेश मन्त्री डोमिनिक राबले कोरोना भाइरस जनावरबाट मानिसमा सरेको देखिएको बताएका थिए ।
उनले यस विषयमा बेलायतका वैज्ञानिकहरुले गरेको एक विशेष अनुसन्धानबाट कोरोना भाइरस जनावरबाट मानिसमा सरेको पाइएको बताएका थिए ।

प्रतिक्रिया:

सम्बन्धित खवर