नेपालले चीनबाट ४० लाख खोप किन्दै - Purba Pati

नेपालले चीनबाट ४० लाख खोप किन्दै

दमक, ३ असार ।


नेपालले चीनसँग ४० लाख डोज कोरोना खोप किन्ने भएको छ ।
चीनको सिनोफर्म कम्पनीसँग ४० लाख डोज कोरोना खोप खरिद गर्ने निर्णय सोमबारको मन्त्रिपरिषद् बैठकले गरेको सार्वजनिक भएको छ ।
बुधबार बसेको कोभिड–१९ निर्देशक समितिमा प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड नियन्त्रण्नका लागि खोप अनिवार्य भएको भन्दै ४० लाख डोज ल्याउन गृहकार्य भइरहेको बताएका थिए । खोप खरिद बारे सोमबारको मन्त्रिपरिषद् बैठकबाटै प्रक्रिया अघि बढाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सहमति दिइएको थियो ।
प्रम ओलीले चीन बाहेक अरु देशसँग पनि खोप खरिदका लागि प्रयास भइरहेको भन्दै आगामी साउनबाट नागरिकहरुलाई खोप लगाउन थालिने जानकारी दिएका थिए ।
चीनले यसअघि नेपाललाई अनुदानमा १० लाख डोज भेरोसेल नामक कोरोना खोप दिएको थियो । नेपालमा ६० देखि ६४ वर्ष उमेर समूहलाई सो खोप पहिलो चरणमा दिने क्रम जारी छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर