जसपाको कार्यकारिणी बैठक बस्दै - Purba Pati

जसपाको कार्यकारिणी बैठक बस्दै

दमक, २ असार ।


जनता समाजवादी पार्टी नेपाल (जसपा)ले भोलि बिहीबारको लागि कार्यकारिणी समितिको बैठक डाकेको छ ।
अध्यक्ष उपेन्द्र यादवले पत्र काटेरै भोलि असार ३ गते बिहीबार पार्टी कार्यालय बालकुमारीमा बैठक डाकेका हुन् । बैठक बिहीबार दिउँसो साढे ११ बजे बस्ने जनाइएको छ ।
वर्तमान राजनीतिक परिस्थितिको सन्दर्भमा विचार विमर्श गरी महत्वपूर्ण निर्णय गर्न भनी बैठक डाकिएको पत्रमा उल्लेख छ ।
जसपामा हाल छ जना मध्ये दुई जना अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पार्टीबाट जेठ १८ गते निष्कासित भएसँगै चार पदाधिकारी छन् भने पदाधिकारीसमेत गरी ५१ सदस्यीय कार्यकारिणी समिति रहेकोमा थप दुई जना सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई पनि निष्कासन गरिएकोले ४७ जना छन् ।
पार्टीबाट निष्कासित ठाकुर, महतो, शुक्ल र लक्ष्मणलाल कर्णको नाम दल दर्ता किताबबाट हटाइदिन भनी जसपाले दिएको निवेदनका सम्बन्धमा निर्वाचन आयोगको पछिल्लो एकतर्फी निर्णयविरुद्ध कसरी अघि बढ्ने भन्ने विषयमा बैठकले निर्णय गर्ने बालकुमारी स्रोतले जनाएको छ ।
त्यस्तै बैठकमा पछिल्लो समयमा मनसुन सक्रिय भएसँगै सुरु भएको बाढी पहिलो समस्या, कोरोना संक्रमणको अवस्था लगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर