२०७८ को जेठ, नेपाल र नेपालीका लागि कोरोना त्रासदीको महिना - Purba Pati

२०७८ को जेठ, नेपाल र नेपालीका लागि कोरोना त्रासदीको महिना

जेठ महिनामा मात्रै १ लाख ७० हजार ८ सय ६३ जनामा कोरोना, ३७९० को मृत्यु

दमक, २ असार ।


नेपाल र नेपालीले कोरोना महामारी सुरु भएपछिकै अत्यधिक मानवीय क्षति गएको जेठ महिनामा भोग्नु पर्यो । कोरोना भाइरसको संक्रमणबाट जेठ महिनामा नेपालमा सबैभन्दा धेरै मानवीय क्षति हुन पुग्यो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार जेठ महिनामा मात्रै १ लाख ७० हजार ८ सय ६३ जनामा कोरोना संक्रमण भयो भने संक्रमित मध्ये ३ हजार ७ सय ९० जनाले ज्यानै गुमाउनु पर्यो ।
जेठ ३१ गते सोमबारसम्मको मन्त्रालयको तथ्याङ्कले बताए अनुसार नेपालमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या ८ हजार ४ सय ६५ जना हो । गएको जेठ ५ गते अहिलेसम्मकै सर्वाधिक २ सय ४६ जनाले ज्यान गुमाएका थिए । जेठ महिनामा मात्रै कोभिड– १९ का कारण मृत्यु हुने संख्या कुल मृत्युको करिब ४५ प्रतिशत हो ।
तथ्याङ्क अनुसार जेठ ३१ गतेसम्म नेपालमा ६ लाख १० हजार ५ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । तिनीहरु मध्ये काठमाडौंमा मात्रै १ लाख ९९ हजार २ सय ७४ जना मानिस संक्रमित भएका थिए ।


जेठ महिनामा कोरोना संक्रमण यति बढ्यो कि स्वयम् स्वास्थ्य मन्त्रालयले अस्पतालहरुमा बिरामीका लागि उपचार गराउन सैय्या उपलब्ध गराउन नसकिने, बिरामी स्वयम्ले अक्सिजन सिलिण्डरको जोहो गर्नुपर्ने लगायतका गैरजिम्मेवार विज्ञप्ति जारी गरेर इतिहासमै कालो
तथ्याङ्कले देखाए अनुसार दोस्रो लहरको कोरोना कहर वैशाखको अन्तिम साताबाट तीव्र गतिमा फैलियो भने जेठको पहिलो हप्ता त उच्च बिन्दुमा नै पुग्यो । जतिबेला संक्रमणदर ४६ प्रतिशतसम्म पुगेको थियो । हाल संक्रमणदर घट्दै गई २० प्रतिशतको हाराहारीमा झरेको देखिन्छ । तर यसमा परीक्षण दर घटाइएको पनि हुन सक्छ ।
वैशाख महिनामा नेपालमा १ लाख ५८ हजार ६ सय ७४ जनामा कोरोना संक्रमण हुँदा १ हजार ६ सय ११ जनाको मृत्यु भएको थियो । सरकारले १६ वैशाखदेखि लगाएको निषेधाज्ञा पछिल्ला दिनहरुमा संक्रमणदर घट्न थालेपछि असार १ गतेबाट केही खुकुलो बनाउन थालिएको छ । तर, संक्रमण दर ५ प्रतिशतमा नझरेसम्म निषेधाज्ञा नखोल्न विज्ञहरूले सरकारलाई सुझाव दिएका छन् ।
जनताको तहबाट भने धेरैले चालु आर्थिक वर्ष २०७७÷०७८ को समाप्ति नजिकिएकोले सरकारले व्यापारी लगायत आम नागरिकबाट कर उठाउन निषेधाज्ञा खुकुलो पारेको भनेर टिप्पणी गरेका छन् । सामाजिक सञ्जालहरुमा कतिपयले भने अब आर्थिक वर्षको अन्त्यमा विकासे योजनाका काम लटरपटर पारेर बजेट निकासा गर्न र कमिसन खानलाई निषेधाज्ञा खुकुलो पार्दै लगेको भनेर आलोचना पनि गरेका छन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर