गाजामा इजरायली सेनाको बम आक्रमण - Purba Pati

गाजामा इजरायली सेनाको बम आक्रमण

एजेन्सीको सहयोगमा ।


इजरायली सेनाले प्यालेस्टाइनसँगको गाजा पट्टीमा हवाई आक्रमण गरेको खबर छ ।
इजरायलमा नयाँ सरकार बनेको तीन दिन नबित्दै गाजामा फेरि हमला गरिएको हो । यससँगै त्यहाँ पुनः लडाइँ हुन सक्ने अनुमान गरिएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार इजरायलीले सेनाले बुधबार बिहान विद्रोही समूह हमासलाई लक्षित गरी बम खसालेको हो ।
गत महिना ११ दिनसम्म इजरायल र हमासबीच रकेट हानाहान भएको थियो । बेन्जामिन नेतन्याहू प्रधानमन्त्रीबाट बाहिरिएपछि इजरायलले प्यालेस्टाइन र हमासलाई गर्ने व्यवहारमा परिवर्तन हुने अपेक्षाविपरित बुधबारको हवाई आक्रमण भएको हो ।
हमासले केही बेलुनहरू दक्षिणी इजरायलमा पठाएकाले आक्रमण गर्नु परेको इजरायली सेनाको भनाइ छ । सेनाका अनुसार हमास नेताहरूले बैठकका लागि प्रयोग गर्ने क्षेत्रलाई लक्षित गरी आक्रमण गरिएको हो ।
इजरायली बम आक्रमणबाट मानवीय क्षति भएको विवरण भने नआएका अन्तर्राष्टिय सञ्चार माध्यमहरुले जनाएका छन् । गत महिना भएको रकेट हानहानमा २ सय ५० जना प्यालेस्टाइनी र १३ जना इजरायलीको मृत्यु भएको थियो भने गाजा क्षेत्रका १६ हजार बढी घरहरुमा क्षति पुगेको थियो ।

प्रतिक्रिया:

सम्बन्धित खवर