झलनाथ खनाललाई उपचारका लागि दिल्ली लगिने - Purba Pati

झलनाथ खनाललाई उपचारका लागि दिल्ली लगिने

दमक, २ असार ।


पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई उपचारका लागि आज बुधबार भारतको नयाँदिल्ली लैजाने तयारी गरिएको छ ।
खनाललाई थप उपचारका लागि आजै दिउँसो १२ः३० बजेको उडानबाट दिल्लीस्थित एपोलो अस्पताल लैजान लागिएको हो । खनालसँगै उनकी श्रीमती, छोरा र एक जना चिकित्सक दिल्ली जाने तय भएको खनालको सचिवालयले जानकारी दिएको हो ।
सोमबार बिहान ९ बजे उनलाई ज्वरो र रगतमा हेमोग्लोबिनको कमीलगायत समस्या देखिएपछि काठमाडौंको नर्भिक अस्पताल भर्ना गरिएको थियो ।
खनाल यसअघि कोरोना संक्रमित भई संक्रमणमुक्त भएका थिए ।

प्रतिक्रिया:

सम्बन्धित खवर