एमाले नेता खनालको नर्भिक अस्पतालमा - Purba Pati

एमाले नेता खनालको नर्भिक अस्पतालमा

दमक, ३१ जेठ ।


पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई वार्डमा राखेर उपचार जारी राखिएको छ ।
थापाथलीस्थित नर्भिक अस्पतालले दिएको पछिल्लो जानकारी अनुसार नेता खनाललाई आकस्मिक कक्षबाट वार्डमा सारिएको छ । उनको हाल अक्सिजन सपोर्टमा उपचार जारी छ । उनको रगत जाँच गर्दा हेमोग्लोबिनको कमी देखिएको अस्पतालको भनाइ छ ।
खनाललाई सोमबार बिहान उपचारको लागि नर्भिकमा भर्ना गरिएको हो । अस्पतालले दिएको जानकारी अनुसार खनाललाई विगत ९ दिनदेखि ज्वरो आएको थियो । चिकित्सकहरुका अनुसार उनको लक्षण हेर्दा पोस्ट कोभिड पछिको समस्या हुन सक्ने अनुमान गरिएको छ ।
ज्वरोसँगै थकान महसुस हुने, सास फेर्न गाह्रो हुनेजस्ता समस्या देखिएपछि आज बिहान पौने ८ बजे खनाल नर्भिक अस्पतालको आकस्मिक कक्षमा भर्ना भएको अस्पतालबाट जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर