भारतले युद्ध र सैन्य सम्बन्धी जानकारी सार्वजनिक गर्ने - Purba Pati

भारतले युद्ध र सैन्य सम्बन्धी जानकारी सार्वजनिक गर्ने

एजेन्सीको सहयोगमा ।


भारतीय रक्षा मन्त्रालयले देशमा अहिलेसम्म भएका युद्ध, सैन्य अभियान र सेनासँग सम्बन्धित अन्य जानकारी सार्वजनिक गर्ने भएको छ ।
भारतीय रक्षा मन्त्रालयले शनिबार सार्वजनिक सञ्जाल ट्वीटरमार्फत यस्तो घोषणा गरेको हो ।
ट्वीटमर्फत मन्त्रालयले लगातार युद्ध र सैन्य सम्बन्धी विभिन्न विषयमा जानकारी दिएको थियो । ट्वीटहरुमा रक्षा मन्त्री राजनाथ सिंहले युद्ध, युद्धको समयमा भएका सम्वाद्, सैन्य अपरेसन र सेनाको इतिहाससँग सम्बन्धित जानकारीलाई गोपनीयता सूचीबाट हटाएर सार्वजनिक गर्ने नीति स्वीकृति दिएको उल्लेख छ ।


बिबिसी हिन्दीका अनुसार अब सेना सम्बन्धी जानकारी बारे प्रकाशनको अनुमति दिने र यसलाई प्रकाशन गर्ने जिम्मा इतिहास विभागलाई दिइने छ ।
रक्षा मन्त्रालयले भनेको छ –‘युद्ध इतिहास बारे समय समयमा गरिने प्रकाशनहरुबाट सर्वसाधारणलाई घटनाहरुको बारेमा वास्तविक जानकारी प्राप्त हुने, शैक्षिक सोधका लागि प्रमाणिक सामग्री प्राप्त हुने र यसले अनावश्यक र भ्रामक कुरा हटाउने मद्दत मिल्ने छ ।’
नयाँ नीति अनुसार सामान्यतः २५ वर्ष पुराना अभिलेख सार्वजनिक गरिने रक्षा मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर