फ्रान्सेका राष्ट्रपति म्याक्रोंलाई झापट ! - Purba Pati

फ्रान्सेका राष्ट्रपति म्याक्रोंलाई झापट !

एजेन्सीको सहयोगमा ।


फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोंलाई एक भेटघाटका बीच थप्पड हानिएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरे अनुसार मंगलबार दक्षिणी फ्रान्सको एक कार्यक्रममा पुगेका म्याक्रोंको गालामा एक जना पुरूषले थप्पड हानेका थिए ।
सामाजिक सञ्जालमा राष्ट्रपति म्याक्रोंमाथिको सो झापट प्रहार भाइरल भएको छ । म्याक्रोंले आममानिसहरूसँग हात मिलाइरहेका बेला एक पुरुषले उनीमाथि थप्पड हानेको देखिन्छ ।
एउटा बारको अर्कोपट्टी आफूलाई कुरिरहेका मानिससँग म्याक्रोंले हात मिलाइरहेका थि ए। त्यही क्रममा हरियो टि–सर्ट, चश्मा र मास्क लगाएका पुरूषले उनको पाखुरा समात्दै गालामा थप्पड हाने । थप्पड हान्ने कार्यमा संलग्न भएको भन्दै प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
घटनाको केहीबेरपछि राष्ट्रपति म्याक्रोंले आममानिसलाई भेट्ने कार्यक्रमलाई निरन्तरता दिएका थिए । आफूलाई यस्ता घटनाले केही फरक नपर्ने म्याक्रोंको भनाइ थियो ।
म्याक्रोंमाथि थप्पड हानिएको घटनाको फ्रान्सका राजनीतिज्ञहरूले निन्दा गरेका छन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर