आज संवैधानिक इजलासमा सुनुवाई हुँदै - Purba Pati

आज संवैधानिक इजलासमा सुनुवाई हुँदै

दमक, २६ जेठ ।


प्रतिनिधि सभा विघटनलगायत मुद्दामा संवैधानिक इजलासमा आज बुधबार सुनुवाइ हुँदैछ ।
यसअघि आइतबार बसेको इजलासले यी मुद्दा हेर्दाहेर्दैमा राखेको थियो । सोमबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा बिरामी परेपछि संवैधानिक इजलास रोकिएको थियो भने सर्वोच्च अदालतले आज बुधबार संवैधानिक इजलास बस्ने जानकारी दिएको छ ।
आइतबार प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराले आफूसहित न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराईको संवैधानिक इजलास गठन गरेका थिए ।
इजलासमा भएका न्यायाधीशहरूमाथि नै प्रश्न उठेपछि अघिल्लो सातादेखि यो इजलास मुद्दाको मूल विषयमा अघि बढ्न सकेको छैन । आइतबार पनि न्यायाधीशहरूको निष्पक्षतामाथि प्रश्न उठेपछि त्यसमै बहस भएको थियो ।
कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक पनि संसद् बिघटन गरेपछि विपक्षी दलहरुले बहुमत सांसदहरुको उपस्थितिमा हस्ताक्षर नै गरेर सर्वोच्चमा सरकारको सो निर्णय बदर र आफूहरुले समर्थन गरेका शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै रिट दायर गरेका थिए ।

प्रतिक्रिया:

सम्बन्धित खवर