सोमबार पनि कोरोना संक्रमित हुने भन्दा निको हुने बढी - Purba Pati

सोमबार पनि कोरोना संक्रमित हुने भन्दा निको हुने बढी

दमक, २४ जेठ ।


सोमबार पनि कोरोना भाइरस संक्रमित भन्दा निको हुने दर धेरै पाइएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ९ सय ५१ जना कोरोना संक्रमण मुक्त भए भने ४ हजार ४ सय ७२ जना नयाँ संक्रमित थपिएका हुन् ।
हालसम्म कोरोना निको हुनेको कुल संख्या ४ लाख ९७ हजार ९ सय ६० पुगेको छ ।
पछिल्लो २४ घण्टामा ९२ जनाले ज्यान गुमाएका छन् । कोरोनाबाट मृत्यु हुनेको संख्या ७ हजार ९ सय ९० पुगेको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर