स्वतन्त्र प्रेसमाथि अंकुश लाउँदै ओली सरकार ! - Purba Pati

स्वतन्त्र प्रेसमाथि अंकुश लाउँदै ओली सरकार !

दमक, २४ जेठ ।

?????????????????????????????

प्रतिगामी केपी ओली नेतृत्वको सरकारले स्वतन्त्र प्रेसमाथि अंकुश लगाउने षड्यान्त्र सुरु गरेको पत्रकारजन्य संगठनहरुले आरोप लगाएका छन् ।
प्रेस युनियन, प्रेस संगठन, प्रेस चौतारी (माधव नेपाल समूह), प्रेस मञ्च नेपाल र प्रगतिशील पत्रकार संघले संयुक्त विज्ञप्ति जारी गरेर यस्तो आरोप लगाएका हुन् । उनीहरुले प्रेस काउन्सिल नेपाललाई प्रयोग गरेर प्रेसमाथि अंकुश लगाउने षड्यन्त्र थालेको बताएका छन् ।
नेपाली पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ सुझाव र परामर्शमा मात्र प्रेस काउन्सिलका पदाधिकारी नियुक्त गर्नुपर्ने ऐनको व्यवस्थालाई वर्तमान सरकारले उल्लंघन गरेका ेसंगठनहरुको ठहर छ ।
प्रेस काउन्सिलका अध्यक्ष भवानी बरालको सम्बन्धमा सर्वोच्च अदालतमा मुद्दा विचाराधीन हुँदा हुँदै अर्को अध्यक्ष नियुक्तिको प्रकृया हेर्दा आफ्ना विपक्षमा लेख्ने मिडियामाथि अंकुश लगाउने, निर्वाचन धाँधली गराउने गुरुयोजना अन्तर्गत प्रधानमन्त्री ओली लागेको स्पष्ट भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
‘प्रेसको समाचार सामग्री नियमन गर्ने काउन्सिल जस्तो संस्थाको बोर्डमा केपी ओली नेतृत्वको सरकारले एकलैटीरुपमा आफ्ना कार्यकर्ता मात्र नियुक्ति गरेको छ । नेपाली पत्रकारहरुको साझा संस्था पत्रकार महासंघलाईसमेत मानमर्दन हुनेगरी गरिएको नियुक्तिले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकार कुण्ठित गर्न राज्य तल्लिन रहेको पुष्टि गरेको छ’, पाँचवटा पत्रकारहरुका संगठनले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा भनिएकाृ छ ।
विज्ञप्तिमा प्रेस युनियनका अध्यक्ष बद्रि सिग्देल, प्रेस संगठनका अध्यक्ष महेश्वर दाहाल, प्रेस चौतारीका उपाध्यक्ष विश्वमणि सुवेदी, प्रेस मञ्च नेपालका अध्यक्ष केशव अर्याल र प्रगतिशील पत्रकार संघका अध्यक्ष श्यामलाल पोखरेलले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर