प्रदेश २ मा ठाकुर–महतो पक्षका चार मन्त्री चैट ! - Purba Pati

प्रदेश २ मा ठाकुर–महतो पक्षका चार मन्त्री चैट !

दमक, २३ जेठ ।


प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आइतबार चार जना मन्त्रीलाई बर्खास्त गरेका छन् । मुख्यमन्त्री राउतले महन्थ ठाकुर पक्षका एक मन्त्री र तीन राज्यमन्त्रीलाई पदबाट हटाएका हुन् ।
मन्त्री पद गुमाउनेहरुमा भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल, भौतिक पूर्वाधार विकास राज्यमन्त्री डिम्पलकुमारी झा, उद्योग पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डल र सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा रहेका छन् । उनीहरु चारै जनालाई पार्टीको प्रदेश समिति बैठक र जनता समाजवादी पार्टी नेपाल प्रदेश सभा संसदीय दलको बैठकको निर्णय अनुसार मन्त्रीबाट हटाइएको जसपा प्रदेश सभा संसदीय दलले जानकारी दिएको छ ।
राउत आइतबार नै जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको बहुमत सदस्यहरुको समर्थनबाट संसदीय दलको नेतामा चयन भएका हुन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर