आइतबार कोरोना संक्रमित हुने भन्दा जित्ने लग्भग दोब्बर - Purba Pati

आइतबार कोरोना संक्रमित हुने भन्दा जित्ने लग्भग दोब्बर

दमक, २३ जेठ ।


आइतबार कोरोना संक्रमित भन्दा कोरोना जित्नेको संख्या झण्डै दोब्बर पाइएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ४ सय ७९ जना संक्रमित थपिएका छन् भने ६ हजार ६ सय ३६ जना कोरोनाबाट मुक्त भएका हुन् । आइतबार कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ९९ रहेको मन्त्रालयको भनाइ छ ।
हाल देशभर ८९ हजार २ सय १७ जना सक्रिय संक्रमित रहेको र कोरोनाबाट मुक्त हुनेको दर ८३.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर