शनिबार ८२ सय बढीले जिते कोरोना - Purba Pati

शनिबार ८२ सय बढीले जिते कोरोना

दमक, २२ जेठ ।


शनिबार नेपालमा ८ हजार २ सय ४३ जनाले कोरोना जितेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार शनिबार थप ५ हजार ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने कोरोना संक्रमणबाट थप ६८ जनाको मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको कुल संख्या ५ लाख ९८ हजार २ सय ४ पुगेको छ । ती मध्ये ४ लाख ८४ हजार ३ सय ७३ जना निको भएका छन् भने ९२ हजार ९२८ जना सक्रिय संक्रमित छन् ।
कुन जिल्लामा कति संक्रमित ?
पछिल्लो २४ घण्टामा थपिएका कोरोना संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्रै ९ सय २३ जना रहेका छन् । जसमा काठमाडौंका ७ सय २३, ललितपुरका १ सय ४१ र भक्तपुरका ७३ जना नयाँ संक्रमित थपिएका हुन् ।
मोरङमा २ सय ६८ जना संक्रमित थपिएका छन् भने झापामा २ सय ४५, सुर्खेतमा १ सय ५४, कास्कीमा १ सय ८, धनुषामा ९१, चितवनमा ८९, सुनसरीमा ८७ र रुपन्देहीमा थप ७६ जनामा संक्रमण देखिएको छ ।
नवलपरासी पूर्वमा ७३, रामेछापमा ७२, रौतहटमा ७०, पाल्पामा ६०, कैलालीमा ५५, महोत्तरीमा ५३, धादिङमा ५२, अछाममा ५१, नुवाकोट र गुल्मीमा ४७÷४७, संखुवासभामा र सर्लाहीमा ४६÷ ४६, दैलेख र दोलखामा ३५÷३५ र खोटाङमा ३४ जना कोरोना संक्रमित थपिएका छन् ।
त्यस्तै दाङ, बाँके, नवलपरासी र तनहुँमा ३३÷३३ जना, रोल्पामा ३२ र लमजुङमा ३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर