महन्थ ठाकुर र राजेन्द्र महतोसहित चार नेता जसपाबाट निष्काशित - Purba Pati

महन्थ ठाकुर र राजेन्द्र महतोसहित चार नेता जसपाबाट निष्काशित

दमक, १८ जेठ ।


पार्टी निर्णयविरुद्ध केपी शर्मा ओलीको प्रतिगामी सत्ता टिकाउन मतियार बनेका जनता समाजवादी पार्टाी नेपाल (जसपा) का नेताहरु महन्थ ठाकुर, राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ल निष्काशित भएका छन् ।
चारै जना नेताहरुलाई मंगलबार जसपा केन्द्रीय कार्यकारिणी समितिले निष्काशनड गरेको हो । ठाकुरसहित चारै जना नेतालाई पार्टीको जेठ ८ गतेको बैठकले स्पष्टीकण सोधेको थियो । तर तीनदिनसम्म पनि स्पष्टीकरणको जवाफ नदिएपछि उनीहरुलाई पुनः २४ घण्टाभित्र स्पष्टीकरण बुझाउन अल्टिमेटम दिएकोमा उनीहरुले पार्टीलाई स्पष्टीकरण नबुझाएपछि पार्टी विधान अनुसार कारबाही गरिएको जसपा केन्द्रीय कार्यालयड स्रोतले जानकारी दिएको छ ।
यस बारे निर्णय गर्ने अधिकार कार्यकारिणी बैठकले अध्यक्ष उपेन्द्र यादवलाई दिएको थियो । जसपाले वर्तमान कामचलाउ ओली सरकारमा सहभागी भएको खण्डमा जो कसैलाई पार्टीबाट निष्काशन गर्ने समेत निर्णय गरिसकेको छ ।
यसैबीच जसपा नेता ठाकुर–महतो पक्ष भने ओली नेतृत्वको सरकारमा सहभागी हुने लग्भग पक्कापक्की भइसकेको छ । ओली पक्ष र ठाकुर पक्षबीच ८ मन्त्री र २ राज्यमन्त्री लिएर सरकारमा सहभागी हुने तय भइसकेको छ ।
जसपाले मंगलबार नै चार जना नेतालाई पार्टीबाट निष्काशन गरेको बारे निर्वाचन आयोगलाई जानकारी गराइसकेको कार्यकारिणी समिति सदस्य मोहम्मद इस्तियाक राइले जानकारी दिए । ओली सरकारमा सहभागी हुने थप नेतालाई पनि जसपाले कारबाही गर्ने बताइएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर