अध्यादेशबाट १६ खर्ब बढीको बजेट ल्याइँदै, ४ बजे बजेट सार्वजनिक हुने - Purba Pati

अध्यादेशबाट १६ खर्ब बढीको बजेट ल्याइँदै, ४ बजे बजेट सार्वजनिक हुने

दमक, १५ जेठ ।


सरकारले आज शनिबार अध्यादेशमार्फत् आर्थिक वर्ष २०७८÷०७९ का लागि बजेट ल्याउँदैछ ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शनिबार दिउँसो ४ बजे बजेट बजेट सार्वजनिक गर्ने कार्यक्रम तय भएको छ । यसअघि शनिबार मध्यान्हमा बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति समक्ष बजेट अध्यादेश जारी गर्न सिफारिस गर्ने निर्णय गरेको थियो ।
अर्थ मन्त्रालय स्रोतका अनुसार आ. व. २०७८÷०७९ को बजेटको आकार सवा १६ खर्बको हुने जनाइएको छ ।
बजेट खासगरी कोरोना (कोभिड–१९) संक्रमण नियन्त्रण र आर्थिक पुनरुत्थानमा केन्द्रित रहने बताइएको छ ।
जेठ १५ मा बजेट ल्याउनै पर्ने संवैधानिक व्यवस्था भएकाले अध्यादेशमार्फत भए पनि बजेट ल्याउने तय भएको सरकारी पक्षले जिकिर गरेका छन् भने विपक्षी दल र अर्थविद्हरुले भने प्रतिनिधि सभा विघटन गरिएको समयमा पूर्ण बजेट नल्याउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर