बदलियो प्रधानमन्त्री ओलीको कोरोना टिप्स ! - Purba Pati

बदलियो प्रधानमन्त्री ओलीको कोरोना टिप्स !

दमक, २० वैशाख ।
गत वर्ष देशले पहिलो चरणको कोरोना संक्रमण महामारीको सामना गरिरहेका बेला देशवासीलाई कोरोनाबाट बच्न विभिन्न हाँस्यास्पद उपायहरु (फन्नी टिप्स) दिएर विवादित र चर्चित दुवै बनेका प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार गरेको सम्बोधनमा भने त्यस्ता टिप्सहरु सुन्न पाइएन ।

ओलीले गत वर्ष कोरोना भगाउनलाई दिएका चर्चित टिप्सहरु थिए –

  • हाँच्छ्युँ गरेर कोरोना भगाइदिने ।
  • तातो पानी र बेसार पानीले कोरोना चैट ।

तर, जसै कोरोना पनि नयाँ भेरियन्टका साथ दोस्रो लहर लिएर आइपुग्दा पहिले भन्दा खतरनाक र तीव्र गतिले संक्रामक भएको छ । प्रम ओलीको पनि कोरोना टिप्स स्मार्ट र वैज्ञानिक बनेको छ ।

सोमबारको ओलीको कोरोना टिप्स :

  •  सकभर घरमै बसौं, घरबाहिर निस्कनुपरेमा अनिवार्य रूपमा सही तरिकाले मास्क लगाऔँ ।
  •  समय समयमा साबुनपानीले हात धोऔँ वा स्यानिटाइजरले हात सफा गर्ने गरौं ।
  •  भोजभतेर तथा पर्व घरमै मनाउँ ।
  •  भौतिक दूरी कायम गरौं, भीडभाडबाट टाढै रहौं ।
  •  हल्ला र अफवाहहरूबाट भ्रमित र प्रभावित नहोऔं
  •  चिकित्सक, विज्ञ तथा प्राविधिकहरुको सल्लाहलाई पालना गरौं ।
  •  धैर्य गरौं, संयमता अपनाऔं ।
  •  सावधान होऔं तर आतङ्कित नहोऔं ।

प्रतिक्रिया:

सम्बन्धित खवर