आन्तरिक र अन्तर्राष्ट्रिय उडान बन्द गर्ने सरकारको निर्णय - Purba Pati

आन्तरिक र अन्तर्राष्ट्रिय उडान बन्द गर्ने सरकारको निर्णय

दमक, २० वैशाख ।


सरकारले आउँदो बिहीबार राति १२ बजेबाट लागू हुने गरी सबै अन्तर्राष्ट्रिय उडान बन्द गर्ने भएको छ ।
आइतबारको मन्त्रिपरिषद्को निर्णय अनुसार बिहीबार राति १२ बजेदेखि लागू हुनेगरी अन्तर्राष्ट्रिय उडान बन्द हुने भएको हो । तर भारतसँग भने सातामा दुई वटा उडान कायमै रहने छन् ।
कोरोना संक्रमण तीव्रगतिमा फैलिन थालेपछि सरकारले वैशाख मसान्तसम्मका लागि आज सोमबार राति १२ बजेदेखि लागू हुने गरी आन्तरिक उडान बन्द गर्ने निर्णय गरिसकेको छ ।
भारत र नेपालबीच एयर बबल स्किम अनुसार उडानलाई सरकारले कटौती गर्न सक्दैन । भारतसँग दुई तर्फी उडान कायम रहने छन् ।
भारतबाट आउने यात्रुले अनिवार्य १० दिन क्वारेन्टिनमा बस्नु पर्ने निर्णय भएको सरकारी स्रोतले जनाएको छ । अत्यावश्यक अवस्थामा अनुमति लिएर चार्टर्ड उडान भने गर्न सकिने नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमाहनिर्देशक तथा प्रवक्ता राजकुमार क्षेत्रीले बताए ।

प्रतिक्रिया:

सम्बन्धित खवर