जनगणना २०७८ स्थगित हुने - Purba Pati

जनगणना २०७८ स्थगित हुने

दमक, २० वैशाख ।


सरकारले जेठ २५ बाट सुरु हुन लागेको राष्ट्रिय जनगणना २०७८ कार्यक्रम स्थगित गरेको छ ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी जेठ २५ गतेदेखि असार ७ गतेसम्म हुने तय भएको जनगणना स्थगित गर्ने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले दिएको जानकारी अनुसार कोरोनाको संक्रमण भयावह स्थितिमा पुगेको भन्दै घरघरमा पुगेर जनगणना गर्न सम्भव नभएको निष्कर्ष सरकारले निकालेको हो ।
कोरोना संक्रमण बढेपछि यसअघि वैशाख १६ गतेदेखि सुरु गरिएको गणक र सुपरिवेक्षकहरुको तालिम पनि सरकारले स्थगित गरेको थियो ।

प्रतिक्रिया:

सम्बन्धित खवर