काङ्ग्रेस प्रवक्ता शर्मालाई कोरोना - Purba Pati

काङ्ग्रेस प्रवक्ता शर्मालाई कोरोना

दमक, २० वैशाख ।


नेपाली काङ्ग्रेसका प्रवक्ता विश्व प्रकाश शर्मा कोरोनाबाट संक्रमित भएका छन् ।
स्वास्थ्यमा सामान्य समस्या देखिएपछि पिसिआर परीक्षण गराएका प्रवक्ता शर्माको रिपोर्ट पोजिटिभ आएपछि उनको कोरोना संक्रमण पुष्टि भएको हो । उनलाई सामान्य ज्वरो आउने र जीउ दुख्ने समस्या देखिएको थियो ।
आइतबार बेलुकी स्टार अस्पतालमा स्वाब दिएकोमा सोमबार बिहान रिपोर्ट पोजेटिभ प्राप्त भएको शर्माले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।
मनोबल उच्च राखेर डेरामै आइसोलेसनमा बसिरहेको र डा. अनुप बास्तोलाको निर्देशनअनुरुपको औषधि सेवन शुरु गरेको उनले लेखेका छन् ।
शर्माले सबैलाई कोरोना संक्रमणबाट जोगिनका लागि आग्रह पनि गरेका छन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर