कठैबरी रिलिज हुँदै - Purba Pati

कठैबरी रिलिज हुँदै

दमक, १९ वैशाख ।


पालाम गायक डिबि जबेगु र नन्दमाया थक्लुङको स्वरमा “कठैबरी शीर्षकको पालाम भोलि सामेबार सार्वजनिक हुने भएको छ ।
विष्णु मोक्तानको निर्देशनमा निर्मित कठैबरी पालाममा नन्दमाया थक्लुङको रचना र शब्द चयन डिबि जबेगुले गरेका भने । उनीहरुलाई पालम गायनमा पुर्णकुमारी पाङ्मा र धनप्रसाद साँवाले सहयोग गरका छन् ।
कठैबरी पालामको भिडियो मेन्छ्यायेम दर्पण युट्युब च्यानल बाट हेर्न सकिने छ । धनमाया पाङ्माको बिशेष पहलमा निर्माण गरिएको साँस्कृतिक भिडियोमा कलाकारहरु डिबि जबेगु, मदन वनेम, बिनु तुम्बाहाङ्फे, नन्द माया थक्लुङ , टार कान्छा जबेगु , चन्द्र हुक्पाचोङ्वाङ, बिष्णुकुमारी आङ्बुहाङ, तीर्थ मादेम्बा, सानू थक्लुङ, प्रदिप नयोङ, धनकुमारी पाङ्मा, मिना मादेम्मा, राजेश इवाहाङ, पुर्णकुमारी पाङ्मा, निश्चल राईलाई हेन पाइने छ ।
फेदापे भाकामा रहेको पालाम लिम्बुहरुमा निक्कै चर्चित र पुरानो मानिन्छ । कठैबरी पालाको छायाङ्कन तथा सम्पादन शिरकुमार राईले गरेका हुन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर