इजरायलमा भागदौड मच्चिँदा ४४ जनाको मृत्यु - Purba Pati

इजरायलमा भागदौड मच्चिँदा ४४ जनाको मृत्यु

दमक, १७ वैशाख । (एजेन्सीको सहयोगमा)


एक लाख बढी मानिस सहभागी इजरायलको एक धार्मिक कार्यक्रममा भागदौड मच्चिँदा ४४ जनाको मृत्यु भएको छ भने अन्य सय भन्दा बढी मानिस घाइते भएका छन् ।
स्थानीय सञ्चारमाध्यमहरूलाई उद्धृत गर्दै विबिसी र सिएनएनले जनाए अनुसार भागदौडमा कम्तिमा ४४ जनाको मृत्यु भएको हो भने ठूलो संख्यामा मानिस घाइते भएका हुन् ।
उत्तरपूर्वी इजरायलको माउन्ट मेरोनमा एक जना प्रसिद्ध रब्बीको समाधीस्थलमा भएको कार्यक्रममा शुक्रबार भागदौड मच्चिँदा सो घटना भएको इजरायली अधिकारीहरुले बताएका छन् ।
दोस्रो शताब्दीका रब्बी सिमोन बार एचाईको सम्झनामा हरेक वर्ष हजारौं अर्थोडक्स यहुदीहरू उक्त ठाउँमा भेला हुने र रातभरि आगो बालेर नाचगान गर्ने चलन छ । यस पटक सो कार्यक्रममा १ लाख भन्दा बढी मानिस सहभागी भएका थिए । नाचगान चलिरहेका बेला एक्कासी भागदौड मच्चिएको बताइएको छ ।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले घटनालाई ‘ठूलो क्षति’ भनेका छन् ।
कोरोना भाइरसको महामारी सुरू भएपछि इजरायलमा यति धेरै मानिस जमघट भएको यो पहिलो कार्यक्रम थियो ।

प्रतिक्रिया:

सम्बन्धित खवर