जोशीको निधनमा काङ्ग्रेसले पार्टीका सबै कार्यालय बन्द गर्ने - Purba Pati

जोशीको निधनमा काङ्ग्रेसले पार्टीका सबै कार्यालय बन्द गर्ने

काठमाडौं, १४ चैत्र ।


नेपाली काङ्ग्रेसले केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधनमा मंगलबार देशैभरका सबै पार्टी कार्यालयहरु बन्द गर्ने भएको छ ।
शनिबार बसेको काङ्ग्रेस केन्द्रीय कार्य समिति बैठकले जोशीको निधनप्रति शोक प्रस्ताव पारित गरेको थियो ।
नेता जोशी नेविसंघका पूर्वमहामन्त्री, काठमाडौं महानगरपालिकाका पूर्वउपमेयर, संविधानसभा सदस्य, पूर्वमन्त्री एवं पार्टी केन्द्रीय सदस्य थिए । उनको नर्भिक अस्पतालमा उपचारका क्रममा शुक्रबार बेलुका निधन भएको थियो ।

प्रतिक्रिया:

सम्बन्धित खवर