म्यानमारमा शनिबार ९० प्रदर्शनकारी मारिए - Purba Pati

म्यानमारमा शनिबार ९० प्रदर्शनकारी मारिए

एजेन्सीको सहयोगमा ।

सैन्य कु पछि लोकतन्त्रको पुनर्वहाली माग गर्दै म्यानमार जनता सडकमा ।

म्यानमारमा शनिबार त्यहाँको सुरक्षाकर्मी र प्रदर्शनकारीबीच भएको हिंसात्मक झडपमा परेर ९० भन्दा बढी मानिसले ज्यान गुमाएका छन् ।
अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले जनाए अनुसार शनिबार ‘आर्मड फोर्सज डे’को दिन भएको झडपमा सुरक्षा बलले चलाएको गोली लागि ९० जनाको मृत्यु भएको बताइएको छ ।
स्थानीय सञ्चार माध्यमहरुले झडपमा ९० बढीको ज्यान गएको बताए पनि मृतकहरुको यकिन संख्या बारे स्वातन्त्र पुष्टि भइनसकेको बिबिसीले लेखेको छ ।
झडक सुरु हुनु भन्दा अघि सेना प्रमुख आङ लाइङले राष्ट्रिय टेलिभिजनमार्फत सम्बोधन गर्दै सैन्य सरकार लोकतन्त्रको रक्षामा प्रतिवद्ध रहेको र देशमा चुनाव गराइने दावी गरेका थिए ।
सेनाले गत फेब्रुअरीमा शासन सत्ता हातमा लिएको थियो । त्यसयता भएका विरोध प्रदर्शनमा ३ सय २० जना भन्दा बढीको मृत्यु भइसकेको छ ।
म्यानमारमा भएको शनिबारको गोली काण्ड बारे त्यहाँस्थित अमेरिकी दूतावासले भनेको छ –‘सेनाले निहत्था आम नागरिकको हत्या गरिरहेको छ ।’

प्रतिक्रिया:

सम्बन्धित खवर