६१ वर्षमा पाए दुर्गाप्रसादले नागरिकता - Purba Pati

६१ वर्षमा पाए दुर्गाप्रसादले नागरिकता

दमक, १२ चैत्र ।

४० वर्ष भारतीय जेलमा बन्दी बनेर छुटेका इलाम माई नगरपालिका– १० लुम्बाकका दुर्गाप्रसाद तिम्सिनाले बिहीबार नेपाली नागरिकता प्राप्त गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय इलामले तिम्सिनालाई ६१ वर्षको उमेरमा नेपालको नागरिकता दिएको हो ।
दुर्गाका भतिजा गोपाल तिम्सिनाको सनाखतमा उनले नेपाली नागरिकता पाउका हुन् । जिल्ला प्रशासन कार्यालय इलामबाट प्रशासकीय अधिकृत देवीचरण फुँयालले ०३–०१–७७ –०३२५१ नागरिकता प्रमाणपत्र नम्बर भएको नागरिकता दुर्गाले पाएका हुन् ।
नागरिकता लिन कार्यालय पुगेका उनलाई सहायक प्रमुख जिल्ला अधिकारी झरेन्द्र चापागाईंले खादा ओडाएर सम्मान गरेका थिए ।
उनको इलामको एकतप्पा गाविसको दोकानडाँडामा २०१७ साल साउन २० गते जन्म भएको हो । नागरिकता पाउँदा आफूलाई खुसी लागेको उनले प्रतिक्रिया दिए । उनीसँगै प्रदेश सभा सदस्य धिरेन्द्र शर्मा रमण पनि जिप्रका पुगेका थिए । शर्मा नाताले तिम्सिनाका भाइ पनि हुन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर