नेताहरुको पछिल्लो राजनीतिक दौडधुपप्रति भट्टराई असन्तुष्ट - Purba Pati

नेताहरुको पछिल्लो राजनीतिक दौडधुपप्रति भट्टराई असन्तुष्ट

दमक, २७ फागुन ।
देश गरम्भीर शंकटमा फसेको बेला राजनीतिक दल र शीर्ष नेताहरु भावी प्रधानमन्त्रीको खेलमा लागेको भन्दै पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले असन्तुष्टि व्यक्त गरेका छन् ।


जनता समाजवादी पार्टीको सङ्घीय परिषद् अध्यक्ष समेत रहेका भट्टराईले अहिले नेताहरुबीच चलिरहेको राजनीतिक दौडधुपलाई अपेक्षित स्तरको नभएको भन्दै टिप्पणी गरेका छन् ।
बिहीबार राति ट्वीट गर्दे उनले जनता समाजवादी पार्टी भने प्रधानमन्त्रीको दौडमा नरहेको जनाउ दिएका छन् । बिहीबार नै जसपा नेताहरु उपेन्द्र यादव, महन्थ ठाकुर, अशोक राई र राजेन्द्र महतो प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्न बालुवाटार गएका थिए । जसपा नेताहरु र प्रम ओली पक्षबीच सकारात्मक कुराकानी भएको भनी मिडियाहरुमा आएपछिको भट्टराईको यो ट्वीटलाई निक्कै अर्थपूर्ण ढङ्गले हेरिएको छ ।
अदालतको फैसलाले नेताहरुको जोगिएको साख पुनः प्रधानमन्त्रीको खेलमा लाग्दा गुम्न सक्नेतर्फ इंगित गर्दै भट्टराईले समस्याको कारण खोतल्ने र आत्मसमीक्षा गर्न सुझाएका छन् ।
उनले लेखेका छन् –

प्रतिक्रिया:

सम्बन्धित खवर