वीरता लेडी जेसीजद्वारा राधा खनाल सम्मानित - Purba Pati

वीरता लेडी जेसीजद्वारा राधा खनाल सम्मानित

विर्तामाेड । वीरता लेडी जेसीजले उत्कृष्ट महिला पत्रकारका रुपमा अन्नपूर्ण पोस्ट दैनिककी संवाददाता राधा खनाललाई सम्मान गरेको छ । झापाको बिर्तामोडमा आज आयोजित पद हस्तान्तरण समारोहमा लेडी जेसीजले पत्रकार खनाललाई सम्मान गरेको हो ।

महिला तथा बालबालिकाको क्षेत्रमा चासोपूर्वक कलम चलाउँदै आएकी पत्रकार खनालले जेसीज अभियानको प्रचारप्रसारमा समेत महत्वपूर्ण भूमिका निर्वाह गरेकाले सम्मान गरिएको वीरता लेडी जेसीज सन् २०२० की अध्यक्ष सुष्मा भण्डारीले बताइन् ।

शिक्षा पत्रकार समूहकी प्रदेश अध्यक्ष समेत रहेकी पत्रकार खनाललाई अध्यक्ष भण्डारी र उनका श्रीमान् पदम पौडेलले प्रशंसापत्र प्रदान गरेका गरेका थिए ।

लेडी जेसीजले पद हस्तान्तरण समारोहका अवसरमा हरेक वर्ष झापामा क्रियाशील रहेकामध्ये एकजना महिला पत्रकारलाई उत्कृष्ट पत्रकारका रुपमा सम्मान गर्दै आएको छ।

प्रतिक्रिया:

सम्बन्धित खवर