काेराेनाका कारण धरान विपि काेइरालामा एक जनाकाे निधन - Purba Pati

काेराेनाका कारण धरान विपि काेइरालामा एक जनाकाे निधन

सुनसरी, ८ भदाै । सुनसरीको धरानस्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक जना काेराेना संक्रमितकाे मृत्यु भएकाे छ । सिरहा गाविन्दपुरका २२ वर्षीय युवाकाे आज दिँउसाेे मृत्यु भएकाे हाे । प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार उपचारकाे क्रममा मृृत्यु भएकाे हाेे ।

भाद्र २ गते प्रतिष्ठानमा भर्ना गरिएका उनलाई कोरोना देखिएपछि कोभिड अस्पतालमा रेफर गरिएको थियो । उनलाई विस्तारै श्वासप्रश्वासमा समस्या देखिन थालेपनि भेन्टिलेटरमा राखेर उपचार भइरहेकोमा आज दिउँसो ३ बजे मृत्युु भएको हो । उनी मुुटुुको दीर्घरोर्गीे व्यक्ति रहेको प्रतिष्ठानले जनाएको छ ।

योसँगै प्रदेश–१ मा कोरोनाबाट मृत्यु हुनेको संख्या २२ पुगेको छ । जसमा पाँच जना प्रदेश–२ का छन् भने तीन जना सुनसरी धरानका र १४ जना मोरङका हुन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर